Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुर महानगरका सडकमा राखियो रबरका डिभाइडर

३० साउन , काठमाडौ । ललितपुर महानगरपालिकाले सडकमा रहेका सिमेन्टका डिभाइडरहरु हटाएर रबरका डिभाइडर राखेको छ । पहिलो दिन पुल्चोक क्षेत्रमा सिमेन्टका डिभाइडर हटाएर रबरका डिभाइडर राखिएको छ ।

ललितपुर महानगरका मुख्य सडकहरुमा ५ सय वटा रबरका डिभाइडर राख्न लागिएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए । यसले महानगरको सुन्दरता बढाउने र सवारी दुर्घटनामा पनि कम क्षति हुने उनले बताए ।

‘सिमेन्टका डिभाइडरहरु थोत्रा र खतराजन्य भएकाले हामीले रबरका डिभाइडर राखेका हौं,’ नगर प्रहरी प्रमुख हाछेथुले भने, ‘सिमेन्टको डिभाइडर राख्दा सामान्य ठक्करमा पनि ठूलो धनजनको क्षति हुन्थ्यो । तर रबरको डिभाइडरमा ठोक्किँदा मानवीय क्षति कम हुने सम्भावना हुन्छ ।’

सोमबार मात्रै महानगरले ६ लाख रुपैयाँ बराबरको २ सय वटा डिभाइडर राख्दैछ । हाछेथुका अनुसार दुईवटा डिभाइडर बिचमा ७ फिटको रबरको पाइप पनि राखिँदैछ ।

रबरका डिभाइडर र पाइपहरु गाडीले ठक्कर दिंदा र कुल्चिँदा पनि नफुट्ने भएकाले फेरि प्रयोग गर्न मिल्ने उनले बताए ।

हेर्नुस् तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै