लुटपाट गरेको अभियोगमा युवक पक्राउ -
Comments Add Comment

लुटपाट गरेको अभियोगमा युवक पक्राउ

३० साउन , काठमाडौ । बढैयाताल गाउँपालिका-८ कण्ठपुर स्कुल लाईन बस्ने ८३ वर्षीया वद्ध महिलाको सुनको २ थान कानबाली र फुली लुटपाट गरेको अभियोगमा भारत बहराईच मोतिपुर नानपारा तहसिल चौधरीगाउँ बस्ने २६ वर्षीय रजन दर्जीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरमा एक्लै बसिरहेकी ती महिलाको गहना रजनले लुटपाट गर्दा महिलाले हो-हल्ला गरेपछि प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै