सिराहामा बम पड्काएर ६ घरमा लुटपाट, दुईजना गम्भीर घाइते -
Comments Add Comment

सिराहामा बम पड्काएर ६ घरमा लुटपाट, दुईजना गम्भीर घाइते

१ जेठ , काठमाडौ । सिराहामा बम पड्काएर ६ घरमा लुटपाट गरिएको छ ।

जिल्लाको लहान नगरपालिका-१७ हरिपुर टोलमा गएराति ११ बजे डाकाहरुले बम पड्काएर लुटपाट गरेका छन् । बम पड्किंदा स्थानीयहरु घाइते भएको प्रहरीले जनाएको छ ।

स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरंजन यादवको घर लुटिएको छ । डाकाहरुले नगद, गरहना लुटेका हुन् । डाकालाई प्रतिकार गर्न खोज्दा गम्भीर घाइते भएका योगेन्द्र यादव र निरंजन यादवलाई उपचारका लागि विराटनगर पठाइएको छ ।

अन्य घाइते रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादवलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment