Comments Add Comment

Advertisment

SKIP THIS

चन्दननाथ नगरपालिका-७ मा समाजवादी विजयी

०३ जेठ , काठमाडौं । चन्दननाथ नगरपालिका–७ को वडाअध्यक्षमा नेकपा समाजवादीका गणेश महत निर्वाचित भएका हुन् । दुई सय ७९ मत प्राप्त गरी महत निर्वाचित भएका हुन् ।

उनका प्रत्यासी एमालेका कमलबहादुर महतले दुई सय ३९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए ।

यो वडा एमालेका पूर्व राज्यमन्त्रीसहित केन्द्रीय सल्लाहकार समिति दुई जना केन्द्रीय सदस्य क्रमशः बलबहादुर महत र गंगा महत, एमाले विदेश विभाग केन्द्रीय सदस्य डाक्टर कुशेन्द्र महतको गृह वडा पनि हो ।

एमाले निकट युवा संघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष एवं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिस्ट्रार नृपेन्द्र महत, एमाले निकट शिक्षक महासंघका कर्णाली प्रदेश उपाध्यक्ष एवं शिक्षक संगठन केन्द्रीय सदस्य टंक महत पनि यही वडाका बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै