Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीद्धारा १० लाख बराबरको यार्सागुम्बा बरामद

३१ साउन , काठमाडौं । बाँकेको जानकी गाउँपालिका–१ पंचपोखरा इलाकाबाट सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको चार सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ ।

अवैध रूपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले सोमबार बरामद गरेको हो ।

सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै सोही ठाउँमा छाडी भागेका थिए । बरामद यार्सागुम्बा आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय नेपालगन्ज बाँकेमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै