Comments Add Comment

Advertisment

SKIP THIS

विद्युत्का २७१ सेवाग्राहीलाई कालोसूचीमा

३१ साउन , काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले २७१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ । विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने ती सेवाग्राहीलाई कालो सूचीमा राखिएको हो । उनीहरूबाट ७९ लाख ३९ हजार ६९० बक्यौता उठाउन बाँकी छ । केन्द्रका सूचना अधिकारी अच्युतराज विष्टका अनुसार छ महिनासम्म पनि महशुल नबुझाउनेको लाइन काट्नका साथै कालोसूचीमा राख्ने गरिएको छ ।

कालोसूचीमा परेका ग्राहकलाई तीन पुस्तासम्म मिटरबक्ससहित विद्युत् उपलब्ध नगराउने गरी कारबाही गरिने उनले जानकारी दिए । कार्यालयका अनुसार केन्द्रमा हाल ६३ हजार ३५० सेवाग्राही रहेका र तिनबाट वार्षिक १८ करोड ८९ लाख १० हजार ८१५ युनिट विद्युत् खपत हुँदा वार्षिक एक अर्ब ९४ करोड ८१ लाख ८३ हजार महसुल उठेको छ ।

गत आर्थिक वर्षमा समयमा महसुल नतिर्ने एक हजार ७४६ सेवाग्राहीको लाइन काटिएको थियो । उनीहरूमध्ये एक हजार ५४५ सेवाग्राहीको लाइन पुनः जडान गरिएको र सय एक सेवाग्राही सम्पर्कमा नआएको उनले जानकारी दिए । लाइन काटिएका सेवाग्राहीबाट चार करोड ४३ लाख ६० हजार महसुल असुली गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

एक दर्जन कम्पनी कालोसूचीमा

६ निर्माण कम्पनी कालोसूचीमा

Advertisment

छुटाउनुभयो कि? सबै

एक दर्जन कम्पनी कालोसूचीमा

६ निर्माण कम्पनी कालोसूचीमा