Comments Add Comment

Advertisment

SKIP THIS

एक वर्षमा २६ करोड बराबरको वाद्ययन्त्र आयात

१ भदौ , काठमाडौं । नेपालले एक वर्षमा करिब २६ करोड रुपैयाँका विभिन्न वाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ ।

नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको वाद्ययन्त्र विभिन्न देशबाट आयात गरेको हो ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालमा २५ करोड ९७ लाख ६२ हजार रुपैयाँको वाद्ययन्त्र भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट २० करोड ९७ लाख ६५ हजार रुपैयाँको वाद्ययन्त्रहरु नेपाल भित्रिएको थियो ।

विभागका अनुसार गत आर्थिक वर्ष १ करोड ३७ लाख ५० हजार रुपैयाँको पियानो नेपालले आयात गरेको थियो ।

सोही समयमा ४ करोड ९५ लाख ३० हजार रुपैयाँको गितार र ३ करोड ६३ लाख ८४ लाख रुपैयाँको किबोर्ड नेपालले आयात गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै