Comments Add Comment

Advertisment

SKIP THIS

होटल सिताशरण र प्रभु बैंकबीच आकर्षक छुट सम्झौता

३ भदौ , काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुरस्थित होटल सिताशरण प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोककुमार साह र होटल सिताशरणका तर्फबाट महाप्रबन्धक कमलसिंह साउदले सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र उक्त होटलबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले होटलद्वारा सञ्चालित ‘फुड’ र ‘वेभरेज’ सेवामा १० प्रतिशत र ‘लजिङ’ सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

उक्त सम्झौताअन्तर्गत होटल सिताशरणमा सुविधा लिन चाहने बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानल प्रयोग गरी भुक्तानी गर्दा, होटल सिताशरणका उल्लेखित सेवामा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै