Comments Add Comment

Advertisment

SKIP THIS

संस्कारयुक्त बालबालिकाबाट देशले असल नेतृत्व पाउने छ : मन्त्री चौधरी

८ भदौ , काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले उच्च संस्कारयुक्त बालबालिकाबाट देशले नेतृत्व पाउने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल, काठमाडौँद्वारा आयोजित उपत्यकाव्यापी अन्तरविद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिता–२०७९ को उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘झमककुमारीले खुट्टाले त्यत्रा ग्रन्थ लेखेकी छन् । अरुनिता कान्जिलाल पनि धेरै मेहनेत गरेरै चर्चित गायिका भइन् । लिङ्कन जस्तो गरिबी र अभाव झेलेको मान्छे मेहनेत गरेरै अमेरिकाको राष्ट्रपति भए । राष्ट्रपति मात्र भएनन् दास प्रथाको अन्त्य गरे । मान्छेलाई सिक्रीले बाँधेर बेच्ने समाजलाई बदले ।’

बालबालिका असल संस्कारसहित अघि बढ्न जरुरी रहेको बताउँदै मन्त्री चौधरीले थपे, ‘तपाईँहरु असल बन्नुहुनेछ । उच्च संस्कारयुक्त बन्नुहुनेछ र भोलि गएर तपाईँहरु नै नेतृत्व गर्ने ठाउँसम्म पुग्नुहुनेछ ।’ सहरी मन्त्री चौधरीले बालबालिकालाई सत्मार्गमा लगाउन समाजका अगुवा, शिक्षक तथा अभिभावक सबै लाग्नुपर्ने धारणा समेत राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै