Comments Add Comment

Advertisment

SKIP THIS

विराटनगरबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशूली किनारमा खस्दा आगलागी

१२ भदौ , काठमाडौं । विराटनगरबाट खाने तेल लिएर काठमाडौँ आउँदै गरेको ना ५ ख ५९५५ नम्बरको ट्रक पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ जरे खेतमा दुर्घटना भएको छ।

सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिएका थिए।

‘प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगियो,’ उनले भने।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै