Comments Add Comment

Advertisment

SKIP THIS

निकुञ्जबाहिरका वन क्षेत्रमा गैँडा असुरक्षित

२० मंसिर , काठमाडौँ । चुरे क्षेत्रमा रहेको चितवन राष्ट्रिय निकुञ्जदेखि महाभारत शृङ्खलासम्मको वन्यजन्तु ओहोरदोहोर गर्ने बरन्डाभार वन क्षेत्रमा पर्ने चतुर्मुखी सामुदायिक वनमा आइतबार गैँडाको अस्थिपञ्जर भेटियो ।

खाग र तीनवटा खुर नभएको अवस्थामा कालिका नगरपालिका–१ मा पर्ने सो सामुदायिक वनमा मृत गैँडा भेटिएसँगै चितवनमा चोरी सिकारीले गैँडा मार्न सक्रियता बढाएको भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गर्न थालेका छन्। यद्यपि जिल्ला वन कार्यालय चितवनले भने गैँडा मर्नुको कारण पुष्टि नभएको बताएको छ ।

“खाग र खुर नभएको गैँडाको अस्थिपञ्जर मात्रै भेटिनुले चोरी सिकारीले मारेको भन्ने त देखिन्छ नै तर धेरै महिनाअघि गैँडा मारिँदा पनि संरक्षणकर्ताले भेउसम्म नपाउनु अचम्मको कुरा हो”, गैँडाविज्ञ तथा चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादव बताउछन् । उनले निकुञ्जबाहिरका क्षेत्रमा पछिल्लो समय गैँडा मर्ने क्रम बढिरहेकाप्रति चिन्ता व्यक्त गरे। “गत असोज २७ गते निकुञ्जबाहिर सौराहा नजिकै मध्यवर्ती क्षेत्रमा विद्युतीय धरापमा पारेर गैँडा मारिएको छ”, उनको गुनासो छ, “यसरी नै गैँडा मारिँदै जाने हो भने हाम्रा गैँडा सकिन कति समय लाग्छ र ?” यो समाचार गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै