काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ ।
एयर इन्डियाको विमानबाट कोलकत्ता हुँदै दुबई जान लागेका झापा भद्रपुरका २५ वर्षीय सुमन लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो।
लिम्बुलाई चेकजाँचका क्रममा प्रहरीले बिहीबार अपरान्ह पक्राउ गरेको थियो । उनी १०८९३५४१ नम्बरको राहदानीबाट दुबई जान लागेका थिए। लिम्बुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।