Comments Add Comment

Advertisment

SKIP THIS

रौतहटमा सरकारी मोटरसाइकलमा भारतीय नम्बर राखेर चलाउने तीनजना पक्राउ

रौतहट । रौतहटमा सरकारी नम्बरको मोटरसाइकलमा भारतीय नम्बर राखेर चलाइरहेका तीनजना पक्राउ परेका छन् ।

जिल्लाको फतुवा विजयपुर नगपालिकाको कार्यालयको नाममा दर्ता रहेको ना. १ ब ३७९० नम्बरको निलो र कालो रंगको बजाज कम्पनीको १५० सीसीको पल्सर मोटरसाईकलमाथि भारतीय नम्बर राखेर चलाइरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

उनीहरूमाथि चोरी सम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थमाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले आरोपीहरुको नाम भने सार्वजनिक गरेको छैन ।

उक्त मोटरसाइकल गौर नगरपालिका १ कृष्ण मन्दिर नजिक राज प्रिन्टिङ प्रेसको अगाडि पार्किङ्ग गरी राखेको अवस्थामा बुधवार अपरान्ह चोरी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै