Comments Add Comment

Advertisment

SKIP THIS

तिब्बतको निङ्ची सहरमा हिमपहिरोमा परी कम्तीमा २८जनाको मृत्यु

८ माघ , काठमाडौ । तिब्बतको दक्षिणपश्चिमी क्षेत्रको निङ्ची सहरमा हिमपहिरोमा परी कम्तीमा २८जनाको मृत्यु भएको छ।

मंगलबार गएको हिमपहिरोपछि काउन्टीलाई न्इङ्चीको प्याड टाउनसिप जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो। राजमार्गमा यात्रारत यात्रु तथा सवारी साधनहरू बाटोमै फसेका थिए। सरकारले शव निकाल्न र बेपत्ता भएकाहरूको निरीक्षण गर्न एउटा टोली पठाएको थियो।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार मेनलिंग काउन्टीको पाइ गाउँ र मेडोग काउन्टीको डोक्सोङ ला सुरुङबाट निस्कने सडकको एक खण्डमा हिमपहिरो गएको थियो। हिमपहिरोपछि मानिस र सवारी साधन अलपत्र परेका थिए।

खोज तथा उद्धार कार्य शुक्रबार साँझ सम्पन्न भएको थियो। उक्त क्षेत्रका सडक कच्ची रहेकाले उद्धारमा कठिनाइ भएको बताइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

हिमपहिरोमा १५ चौरी मरे

Advertisment

छुटाउनुभयो कि? सबै

हिमपहिरोमा १५ चौरी मरे