Comments Add Comment

अनुत्तरित प्रश्नहरुको जवाफ खोजिरहँदा !

१२ भदौ , काठमाडौँ । हामीले तिरेको कर कहाँ जान्छ ? “उठेको राजस्व कुन क्षेत्रतर्फ बढी प्रवाह हुन्छ , त्यसका निमित्त सुक्ष्म अध्ययनको आवश्यकता पर्दैन ? सडकमा गुड्ने अत्यन्त महँगा महँगा तर नयाँ नयाँ गाडीहरुलाई हेरे पुग्छ । सरकारको स्वामित्वमा रहेका रातो नम्बर प्लेटका गाडीहरुको प्रयोजन बुझिनसक्नु छ ।

एक वर्ष अगाडि पनि विभिन्न पत्रपत्रिकाहरुमा ” हामीले तिरेको कर कहाँ जान्छ ? ” शिर्षक लेखको व्यापक चर्चा परिचर्चा भएको थियो र अहिले पनि यसको सान्दर्भिकता औंल्याउंदै केही लेख्न मन लाग्यो । यथार्थपरक यस्ता घटनाले सांच्चै हाम्रोजस्तो अबिकसित देशमा जनताले खाई नखाई तिरेको करको सदुपयोग कसरी भइराखेको छ भन्ने कुराको वास्तविकता उजागर भएको थियो र अहिलेको सरकारको रवैया पनि त्यस्तै देखिएको छ जुन पहिला पनि हुने गर्थ्यो । आखिर जनताले प्रश्न सोध्छन नै : ” संघीय संसदको काम के ?, त्यस्तै संसदको लेखा समितिको औचित्य कति सम्म अनि सरकारले उसको निर्देशन पालन गरेको छ त ?, खर्चको सुनिश्चितता र पारदर्शिताको लेखा जोखा गर्ने महालेखापरिक्षकको कार्यालयले के हेर्छ ? आदि यी अनुत्तरित प्रश्नहरुको जवाफ खोजिरहेका छन जनताले । तर, राज्यका सम्बन्धित निकाएहरु भने मौन हुन्छन किन ? कतिपय सरकारी कार्यालयमा मर्मत गरेर चल्ने खालका गाडीहरु घाँसले छोपिएर राखेका प्रशस्तै भेटिन्छन तर सरकारी निकाएको ध्यान त्यतातिर जादैन । न त संघीय संसदले निगरानी गर्छ ।

तर हामीले तिरेको करबाट भरिएको राज्यको ढुकुटीको दोहन गरेर नयाँ नयाँ सामाग्रीहरु किन्नै पर्ने , अनि चिल्ला गाडीमा सयर गर्नै पर्ने , सुबिधाको नाममा संकोच र दुबिधा नमानी आफु र आफ्ना परिवारलाई बिदेश भ्रमणमा जानै पर्ने ? राज्यका हरेक तहका नेता , पदाधिकारीलाई गाडीदेखि लिएर हरेक सेवा सुबिधा बाड्नै पर्ने आदि कारणले गर्दा बिकासको गतिमा देश कसरी अगाडि बढ्छ ? तसर्थ राज्यका हरेक निकाएले आफ्नो नैतिक धरातल नगुमाई पारिवारिक सातपुस्ते चिन्तनबाट टाढा रहेर आ – आफ्नो क्षेत्रवाट कम्सेकम राज्य र जनताको लागि सोच्न सक्ने हो भनेमात्र देश र जनताको लागि केही लाभ होला अन्यथा हामी जहाँको त्यहीं हुनेछौ ता कि, दुई चार डोज खोपको लागि पनि भुटानको भरपर्ने अवस्था आइपरेको होस !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै