Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंमा नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय भत्ता दिने

१२ भदौ , काठमाडौँ । काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ ।

काठमाडौं महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौंका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने प्रस्ताव पेस भएको हो ।

यसअघि महानगरले नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा यस पटकदेखि पाँच सय रुपैयाँ पुर्‍याइएको हो ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले भत्ताबापतको रकम वृद्धिको प्रस्ताव पेस गर्न महानगरको प्रशासन प्रमुखलाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै