Comments Add Comment

Advertisment

SKIP THIS

अवैध रूपमा भन्सार छली ल्याएको सुन जस्तो देखिने अर्धठोस बस्तु सहित पक्राउ

१३ भदौ , काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको सुन जस्तो देखिने अर्धठोस बस्तु करिब ५ सय ५० ग्राम सहित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-६ कपन बस्ने ४४ वर्षीया पासाङ डोल्मा लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनको गतिविधि शंकास्पद देखिएपछि उक्त गेटमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा भिस्त्री वस्त्रभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त बस्तु फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

आज सुनको मूल्य स्थिर

आज सुनको मूल्य

विदेशबाट भन्सार छलि ल्याएको सुन बरामद