Comments Add Comment

Advertisment

SKIP THIS

मोरङ-३ बाट राप्रपा नेतृ रेखा थापाको नाम सिफारिस

१४ भदौ , काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले रेखा थापालाई मोरङ-३ बाट उम्मेदवार सिफारिस गरेको छ । राप्रपा मोरङ समितिले नायिका थापाको नाम स्थानीय पार्टी कमिटीले प्रत्यक्ष निर्वाचनका लागि सिफारिस गरेको एक नेताले जानकारी दिए ।

थापासँगै राप्रपाबाट अम्बिकाप्रसाद अधिकारीको पनि नाम सिफारिस भएको छ । त्यस्तै, मोरङ- ४ बाट राप्रपाले नेता रवि रिजाललाई प्रत्यक्षमा सिफारिस गरेको छ । यस्तै निर्वाचन क्षेत्र (ख)मा भने जिल्ला अध्यक्ष माधव आचार्यको नाम सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै