Comments Add Comment

Advertisment

SKIP THIS

बन्द हुँदै फेसबुकको गेमिङ एप : अब के हुन्छ ?

१६ भदौ , काठमाडौ । आईओएस र एन्ड्रोइडका लागि उपलब्ध भएको फेसबुकको गेमिङ एप बन्द हुने भएको छ । उक्त एप दुई वर्षअघि मात्र सार्वजनिक भएको थियो ।

फेसबुकले जारी गरेको एक सूचनामा २०२२ अक्टोबर २८ पछि एप डाउनलोड नहुने र त्यसले काम नगर्ने उल्लेख गरिएको छ ।

फेसबुकले ट्वीच, युट्युब र मिक्सर लगायतसँग प्रतिस्पर्ध प्रतिस्पर्धा गर्न २०१८ मा गेमिङ सार्वजनिक गरेको थियो, जसलाई पछि सन् २०२० मा मोबाइल एपका रूपमा सार्वजनिक गरेको थियो ।

युट्युब र ट्वीचको प्रभुत्व घटाउन थुप्रै वर्गका प्रयोगकर्ता आकर्षित गर्न आवश्यक थियो । त्यसैका लागि फेसबुकले गेमिङ एप तयार पारेको थियो । यस प्लेटफर्ममार्फत क्रियटरले गेमिङलाई स्ट्रिमिङ गरेर आम्दानी गर्न सक्छन् ।

फेसबुकको गेमिङ एप बन्द भए पनि यो फिचरको वेब भर्जनले भने काम गर्नेछ । सन् २०१९ मा युट्युबले आफ्नो गेमिङ एपले प्रयोगकर्तालाई विभिन्न कुरामा द्विविधा पारेको भन्दै बन्द गरेको थियो । फेसबुकले भने हालसम्म एप किन बन्द गर्दै छ बन्ने कुराको कुनै जानकारी दिएको छैन ।

फेसबुकले आफ्नो गेमिङ प्लेटफर्ममा ठूलो रकम लगानी गरेको छ । फेसबुकको गेमिङ फिचरका लागि थुप्रै क्रियटरसँग साझेदारी गरेको छ । यसमा ब्राजिलियन फुटबलर नेइमार जुनियर, ग्रान्ड थेप्टका खेलाडी रमी र डाइगस्ट ट्ववेस्ट जस्ता स्ट्रिमर जोडिएका छन् ।

फेसबुक गेमिङले कोभिड महामारीपछि लोकप्रियता पाएको थियो । यसमा स्ट्रिमिरका लागि थुप्रै विशेषता भएकाले प्रयोगकर्ता बढेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै