Comments Add Comment

Advertisment

SKIP THIS

बारामा प्रहरी र डाका समूहबीच मध्यरातमा भीडन्त, दुर्ई जना नियन्त्रणमा

१९ भदौ , काठमाडौं । बाराको एक उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच भीडन्त भएको छ । शनिबार राति करिब १ बजेतिर १२/१५ जनाको समूहमा आएका डाका समूहले जीतपुरसिमरा–२३ को भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न खोजेका थिए । सोक्रममा डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको हो ।

डाँका समूहले फायर खोलेपछि प्रतिकारमा प्रहरीले पनि ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

लुटपाट गर्न आएका डाँका समूहका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । उनले भने, ‘मध्यरातमा उद्योगमा लुटपाट गर्न आएका डाका समूहका दुर्ई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं ।’

घटनास्थलबाट प्रहरीले घरेलु बन्दुक तथा थान कटुवा पेस्तोल एक÷एक थान र तीन राउण्ड गोली बरामद गरेको जनाएको छ । पक्राउ परेका दुई जना डाँकालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।

डाँका समूह उद्योगमा प्रवेश गरेको सूचना आएपछि प्रहरी टोली खटिएको थियो । इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) कलमबहादुर शाहीको कमान्डमा टोली खटिएको थियो । लुटपाट गर्ने उद्देश्यले हातहतियारसहित उनीहरू उद्योग छिरेका थिए ।

प्रहरी टोली उद्योग पुगेपछि डाँकाबीच दोहोरो भिडन्त भएको थियो । सोक्रममा वरिष्ठ सई शाही घाइते भएको प्रहरीले जनाएको छ । डाँका समूहका एक जनाले फलामको सईमाथि रड प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै