Comments Add Comment

Advertisment

SKIP THIS

टिकटक बनाउने क्रममा भिरबाट लडेर दाङको तुलसीपुरमा एक जनाको मृत्यु

टिकटक बनाउने क्रममा भिरबाट लडेर दाङको तुलसीपुरमा एक व्यक्तिको मृत्यु भएको छ। शनिबार राति ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ३ साततलेको भिरमा टिकटक बनाउने क्रममा वडा नम्बर ५ का ३४ वर्षीय नवीन केसीको लडेर मृत्यु भएको हो।

टिकटक बनाउन लाग्दा खोल्सामा खसेर गम्भीर घाइते भएका केसीलाई उपचारका लागि राति नै प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो। उनको हिजो राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै