१९ भदौ , काठमाडौ । सरकारले आगामी आगामी मङ्सीर ४ गत प्रदेश र प्रतिनिधि सभा निवाचन मिती घोषणा गरे सङ्गै अब निवाचन सुरु हुन लागेको छ ।
यति बेला थुप्रै व्यक्ती तथा पार्टीहरुको उम्मेदवारी घोषणा गर्न लागेका छन् यसै क्रममा सत्ता गठबन्धन भित्र रहेका दलविच तालमेल सङ्गै गठबन्धन भएसङ्गै यसपालि पार्टीले आ-आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
उम्मेदवारी दिने क्रममा काठमाडौं क्षेत्र ७ नेकपा माओवादी केन्द्रले पनि आज प्रतिनिधि सभा प्रदेशको उम्मेदवारी सर्वसवत् टुङ्गो लगाएको छ । जसमध्ये , प्रमुख अतिथिमा नेकपा माओवादी केन्द्रका PBM क. कुमार पौडेल तथा PBM क. हिमाल शर्मा , मुक्ति प्रधान र केन्द्रीय सदस्य रामबाबु फुयालको बिशेष उपस्थितिमा सर्वसवत् उम्मेदवार चयन गरेको हो ।

प्रतिनिधि सभा सदस्यमा क. मुक्ति प्रधान तथा समानुपातिक तर्फ केन्द्रीय सल्लाहकार सदस्य धनलाल महर्जनलाई चयन गरिएको थियो ।
यसैगरी, क्षेत्र न. ७ प्रदेश सभा तर्फ प्रत्यक्ष ‘क’ प्रदेशमा कुल बहादुर महर्जन र समानुपातिक तर्फ दिलिप राज वन्त र ख प्रदेशमा प्रत्यक्ष तर्फ राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष प्रदेश सदस्य तथा काठमाडौका स-ईन्चार्ज क. शिव कोईराला (ज्वाला) र समानुपातिक तर्फ क. कोपिला कुवर सर्वसवत् चयन गरिएको जानकारी न्युज24ग्यालेक्सीलाई आएको छ ।
यसैक्रममा, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले ७ न. क्षेत्रीय कमिटी दिपक सिलवाल (रुपेश) ईन्चाज र प्रताव दानी संयोजक रहने गरि ७१ सदस्य कमिटी गठन गरेको छ साथै प्रदेश ‘क’ मा क.सुजन लामा अध्यक्षमा र सचिवमा क. देबेन्द्र कुमार श्रेष्ठ तथा प्रदेश ख मा क. भुवन अर्याल अध्यक्षमा र सचिवमा क. अर्जुन अधिकारी चयन भएका छन् । (फोटोफिचर)





