२२ भाद्र , काठमाडौँ । बुधबार अखिल क्रान्तिकारीको कार्यक्रममा नेकपा माओबादी केन्द्रका अध्यक्ष र उपमहासचिवबीच जुहारी चल्यो ।
उक्त कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्डभन्दा अगाडी बोल्ने उपमहासचिव जनार्दन शर्माले आफू अध्यक्षको सबैभन्दा कडा आलोचक रहेको र सबै भन्दा ठूलो रक्षक भएको बताए ।
त्यही प्रसङ्गमा प्रचण्डले जनार्दनलाई रक्षा गर्ने र हुर्काउन मुख्य भूमिका आफुले खेलेको बताए । उनले अघि भने, ‘जनार्दनले जाँदा जाँदै भन्नु भयो नीति र नेतृत्वको रक्षाको कुरा, जर्नादनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो ।’


