२३ भदौ , काठमाडौँ । राष्ट्रिय संगितकर्मि संघ ललितपुर जिल्ला अध्यक्ष को पद सम्हालि रहनु भएको हरेक मेला महोत्सव मा व्यवस्थापन , कार्यक्रम संचालन तथा कार्यक्रम संचालन गर्नको लागि संयोजनकारी भुमिका निर्वाह गर्दै आउनु भएका , कुशल कार्यक्रम संचालक , जादुगर , गायक , ललितपुर जिल्लाको सान सुभास महतको जादुमय आवाज द्वारा आजको कार्यक्रम सन्चालन हुनेछ , बहुमुखी प्रतिभाको धनि महत को नक्कलि र दुबोको माला नामक गीति एल्बम बजारमा जता ततै चर्चामा रहेको छ भने केही समय पछि केही फरक कोसेलि हजुरहरू माझ पस्कने जमर्को गर्दै हुनुहुन्छ ।

साथै आज पछिल्लो समय चर्चा र सफलताको सिढिंहरुमा लम्किरहनु भएका काठ क्षेत्रका हस्ति सुमधुर स्वरका धनि चक्लेटि लाईभ दोहोरि गायक तथा मोडल प्रदिप रोक्काको बेजोड प्रस्तुति रहनेछ , भने राष्ट्रिय संगितकर्मि संघ ललितपुरको महिला उपाध्यक्ष ,गायिका सबिना दाहालको पनि प्रस्तुति रहनेछ।



