Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरको लोकन्थलीमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ

भक्तपुरको लोकन्थलीमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना मोटरसाइकल चालक पक्राउ परेका छन्। काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने बा ८८ प ४७८५ नम्बरको मोटरसाइकलका चालक ३१ वर्षीय रोशन बस्नेत पक्राउ परेका हुन्।

मादकपदार्थ सेवन गरेर मोटरसाइकलमा सवार उनले भक्तपुरको मध्यपुरठिमी नगरपालिका–१ लोकन्थलीमा सवारी चेकिङको क्रममा गठ्ठाघर ट्राफिक कार्यालयबाट खटिएका ट्राफिक प्रहरी सहायक निरीक्षक डम्मर श्रेष्ठलाई ३ हजार ५० रुपैयाँ घुस दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए।

उनलाई सो रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको गठ्ठाघर ट्राफिक कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै