Comments Add Comment

Advertisment

SKIP THIS

देवघाटमा शिवको मूर्ति निर्माण गरिने

२६ भाद्र , काठमाडौँ । पवित्र धार्मिकस्थल देवघाटमा ३० फिट अग्लो अष्ठधातुको शिवको मूर्ति निर्माण गरिने भएको छ । भरतपुर नगरपालिका–१ स्थित रोटरी करुणालय आडैमा देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले मूर्ति निर्माण गर्न लागेको हो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेका अनुसार देवघाट क्षेत्र विकास समितिले मूर्तिका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गरिसकेको ठाउँमा प्रतिष्ठानलाई मूर्ति निर्माण गर्न भनिएको हो । प्रदेश सरकारले निर्माण गरेको देवघाट धामको विस्तृत अध्ययन प्रतिवेदनमा ३० फिट अग्लो अष्ट धातुको शिवको मूर्ति पनि समावेश भएकाले त्यही ठाउँमा रोटरी वृद्धाश्रम तलको नदी किनारको स्नान घाट छेउको जग्गामा मूर्ति निर्माण हुने उनले बताए ।

मूर्ति निमार्णका लागि प्रदेश सरकार, भरतपुर महानगर, देवघाट क्षेत्र विकास समिति तथा दाताहरुबाट सहयोगको आश्वासन प्राप्त भएको प्रतिष्ठानका अध्यक्ष ढुण्डीराज सिलवालले बताए । मूर्ति निर्माणमा रु छ करोड खर्च हुने अनुमान रहेको छ । मूर्तिको उचाइ ३० फिटको हुनेछ भने मोटाइ आठ फिटको रहने छ ।

मूर्ति निर्माणमा तीन हजार केजी तामा, दुई हजार केजी पित्तल, दुई सय केजी जस्ता, २५ केजी काँस, ३० केजी सिसा, चाँदी पाँच सय ग्राम, सुन पाँच सय ग्राम, फलाम १० केजी प्रयोग हुने अध्यक्ष सिलवालले जानकारी दिए ।

वैदिक धर्मको आदर्श परम्परा अटल राखेर हिन्दुत्वको महत्वलाई स्थापित गराउँदै पर्यटन प्रवर्द्धनमा योगदान पु¥याउने उद्देश्यसहित मूर्ति निर्माण गर्न लागेको आयोजक संस्थाका संरक्षक प्रखर भागवत बाचक आचार्य बालकृष्ण अर्यालले बताए । यो महान् र पुण्य काम भएकाले सबै मिलेर यसलाई पूर्णता दिनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै