Comments Add Comment

Advertisment

SKIP THIS

असोज १ गते भोज खाएर सांसदहरु बिदा हुने

२६ भाद्र , काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले २०७४ मा निर्वाचित प्रतिनिधि सभाका सांसदहरुलाई आगामी असोज १ गते भोज खुवाएर बिदाइ गर्ने भएका छन् ।

सभामुख सचिवालयका अनुसार असोज १ गते प्रतिनिधिसभाको यो कार्यकालको अन्तिम बैठक बस्ने र सांसदहरूलाई बिदाई गर्ने कार्यक्रम रहेको छ ।

५ वर्षअघि अर्थात २०७४ मंसिर १० र २१ गते भएको निर्वाचनमा निर्वाचित भएका प्रतिनिधि सभाका सांसदहरू पहिलो पटक सोही सालको फागुन २१ संसद् प्रवेश गरेका थिए ।

प्रतिनिधिसभाको कार्यकाल आगामी असोज १ गतेसम्म मात्रै रहने निर्क्योल भएसँगै सोही दिन अर्थात असोज १ गते अन्तिम बैठक राखेर सांसदहरूलाई बिदाइ गर्न लागिएको हो ।

संसद् सचिवालयले भदौ २९ गते बैठक राखेको छ । सोही दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने सरकारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै