Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी गिरीको प्रमुख आतिथ्यमा बिशिष्ठ ब्यक्तिको सुरक्षा अनुशिक्षण तालिम समापन

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले संचालन गरेको ३ कार्य दिन अवधिको बिशिष्ठ ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिम समापन भएको छ ।                                                                         

समापन कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले तालिममा सिकेका ज्ञान र शिपको ब्यवहारिकरुपमा अक्षरस पालना गरी बिशिष्ठ ब्यक्तिहरुको सुरक्षामा अहोरात्र खटिन सहभागि प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुका साथै प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया समेत गर्नु भएको थियो ।

भाद्र २६ गते बाट संचालन भएको तीन कार्य दिन अवधिको बिशिष्ठ ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिनुका साथै छोटो हतियारबाट फाईरिङ समेत गराईएको थियो ।                                                                       

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै