Comments Add Comment

Advertisment

SKIP THIS

ठिमी प्रहरीको सफलता : महिलाको घाँटीबाट सुनको सिक्री लुटपाट गर्ने चार जना प्रकाउ

भक्तपुर – भक्तपुर र काभ्रेका विभिन्न स्थानमा विगत लामो समयदेखि सुनका गरगहना लगाएका व्यक्तिलाई पिछा गर्दै एकान्तमा पारी लुटपाट गर्दै आइरहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।                                                                                   

उनीहरूलाई लुटिएको सुन र लुटपाटमा प्रयोग गरिएको दुई वटा मोटरसाइकलसहित प्रहरी वृत्त ठिमी र प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी वृत्त ठिमीका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरी बताए ।

पक्राउ भएकाहरूमाथि थप अनुसन्धान गरिरहेको साथै लुटिएको सुनको स्वरूप परिवर्तन गर्ने थप दुई जनालाई लुटिएको करिब दुई तोला सुनसहित चाबहिल काठमाडौंबाट नियन्त्रणमा लिएको र लुटपाट गिरोहमा संलग्न अन्य व्यक्तिको खोजतलास जारी रहेको डिएसपी चौधरीको भनाई छ ।                                                                                     

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका ९ का बुद्ध तामाङ रहेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ७ का २३ वर्षीय विशाल राई, सिन्धुली मरिन गाउँपालिका ५ का २० वर्षीय आर्यन माझी, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका २१ वर्षीय ३ का सुदिप भण्डारी रहेका छन् ।

सुन गाल्ने मोरङ शनिश्वरे नगरपालिका ८ का ४० वर्षीय चन्द्रबहादुर विक र सुन किन्ने भारत महाराष्ट्र सिङ्ली घर भई हाल काठमाडौं महानगरपालिका ७ बस्ने ३५ वर्षीय अमोल भोसले रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै