Comments Add Comment

Advertisment

SKIP THIS

जबरालाई बयान सुनाउन ७ घण्टा समय लाग्ने

३१ भाद्र , काठमाडौँ । महाअभियोग सिफारिस समितिको बैठक अहिले पनि जारी छ । सिंहदरबारमा बिहान ९ बजेदेखि शुरु भएको बैठकमा अहिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समेशर जबराले समितिमा दिएको बयानलाई हस्ताक्षर गराउने काम भइरहेको हो ।

१७४ पेजको बयान पढेर जबरालाई सुनाउने काम भइरहेको र सबै पढेर सुनाइसक्न करिव ७ घण्टाको समय लाग्ने समितिका सदस्य मीनबहादुर विश्वकर्माले बताए । शुक्रवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले शुरुमा प्रधानन्यायाधीश जबराले सबै पढेर नसकिने भन्दै अन्तिमको पेजमा हस्ताक्षर गर्ने बताएको तर हस्ताक्षर गर्न दिँदा नमानेको बताए । उनले हस्ताक्षर गर्न नमानेपछि आद्योपान्त पढेर सुनाउने काम भइरहेको पनि बताए ।

सदस्य विश्वकर्माले कसैको उक्साहटमा प्रधानन्यायाधीश जबराले हस्ताक्षर गर्न नमानेको हुनसक्ने आशंका व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै