Comments Add Comment

Advertisment

SKIP THIS

अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण

१ असोज , काठमाडौँ । इच्छाकामना गाउँपालिकाले शारीरिक अपाङ्गता भएका १५ व्यक्तिलाई सहायता सामग्री वितरण गरेको छ ।

शुक्रबार कुरिनटारमा आयोजित एक कार्यक्रममा उक्त गाउँपालिकाको उपाध्यक्ष माया सिलवालले उनीहरुलाई सहायता सामग्री वितरण गरेका हुन् ।

शारीरिकरुपमा अपाङ्गता भएका व्यक्तिको दैनिक जीवनयापनलाई सहज बनाउनका लागि ती सामग्री वितरण गरिएको उनले जानकारी दिए । ‘पहिलो चरणमा करिब रु पाँच लाखको सहायता सामग्री खरिद गरेर वितरण गरेका छौँ’, उपाध्यक्ष सिलवालले भने, ‘आवश्यकता परे थप बजेट व्यवस्था गरेर गाउँपालिकाभित्रका सबै अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गर्नेछौँ’, सहायता सामग्रीमा कम्बोड टर्वाइलेट कुर्ची, वैशाखी, इलेक्ट्रिक म्याट, ह्विल चियरलगायत सामग्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै