Comments Add Comment

Advertisment

SKIP THIS

यस्तो छ ललितपुर प्रहरीको चाडपर्वलक्षित ‘विशेष’ सुरक्षा योजना : ११ सय प्रहरी परिचालन

जिल्ला प्रहरी परिसर ललितपुरले दसैं-तिहार लगायत चाडपर्वलक्षित ‘विशेष’ सुरक्षा योजना बनाएको छ । चाडपर्वको मुखमा प्रहरीले आपराधिक गतिविधि न्यूनीकरणका लागि ‘विशेष’ सुरक्षा योजना ल्याएको ललितपुरका प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेल बताए ।                                                                     

चाडपर्वको सुरक्षामा एक सिफ्टमा ११ सय प्रहरी परिचालन गर्नेगरी ललितपुर प्रहरीले सुरक्षा योजना बनाएको छ । बैंक तथा वित्तिय संस्था, किनमेल गर्ने ठाउँ, सुनचाँदी पसल र मानिस जमघट हुने ठाउँमा लुटपाट नियन्त्रण गर्न प्रहरी टोली परिचालन गरिएको छ । सादा पोसाकमा खटिएका प्रहरीले लुटपाट गर्ने समूहबारे निगरानी गर्छन् ।

ललितपुर प्रहरीले कालोबजारी सिर्जना गर्न सक्ने व्यापारिक घरानामाथि पनि निगरानी बढाएको छ । लगनखेल, सातदोबाटो, मंगलबजार, सानेपा र बालकुमारी लगायतका ठाउँमा प्रहरीले निगरानी शुरु गरेको हो । चाडपर्वमा ३ तहको सुरक्षा घेरा बनाउने गरी विशेष सुरक्षा योजना लागू गरिएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताए ।                                                                                             

यसपालि दसैं, तिहार र छठ पर्वसम्म ‘विशेष’ किसिमको सुरक्षा योजना ल्याइएको उनले बताए। हरेक वर्ष ललितपुर प्रहरी परिसरले चाडबाडलक्षित सुरक्षा योजना ल्याउने गरेको छ। अहिले ल्याइएको सुरक्षा योजनामा ललितपुरको सुरक्षा व्यवस्थालाई त्रुटिरहीत, भरपर्दो, विश्वसनीय र मजबुत बनाउनका लागि विभिन्न किसिमका सुरक्षा रणनीति तयार गरिएको उनले एसएसपीले बताए।

यसैगरी, अति विशिष्ट व्यक्तिहरूको सवारी र कार्यक्रमको सुरक्षा व्यवस्थापन र सवारी साधनहरूमा पाकेटमार हुनसक्ने भनी विभिन्न रुटका सवारी साधनमा सादा पोशाकको प्रहरी परिचालन गरिने छ।

यस्तै, सार्वजानिक सवारी साधनमा महिला हिंसा हुन गर्न नदिनका लागि सेफ्टीपिन प्रहरी परिचालन गरिने छ। ‘चोरी नियन्त्रण, जुवातास नियन्त्रण, गुण्डागर्दी, अर्थिक कारोबार हुने स्थान, कालोबजारी, सपिङ महल, गहना पसल, दसैं बजार लगायतका ठाउँमा अपराध नियन्त्रण गर्नका लागि योजना ल्याइएको छ,’ एसएसपीले भने।

एसएसपी पोखरेलका अनुसार ‘टोल-टोलमा माइकिङ गर्ने, पर्चा पम्लेटहरू वितरण गर्ने, चाडपर्व सुरक्षालाई प्रभावकारी बनाउन स्थानीयसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने योजना छ,’ उनले भने।

यसैगरी, ललितपुरका मुख्य चोक, व्यापारिक केन्द्र, ललितपुर प्रवेश गर्ने नाकामा सिसिटिभीबाट निगरानी गरिने पोखरेलले बताए । यस्तै, मठ मन्दिर, गुम्बाहरूको सुरक्षा व्यवस्था मजबुद बनाइने, मिसावट, कालोबजारी नियन्त्रणमा बजार अनुगमन गरिने पोखरेलले बताए।

‘आपराधिक गतिविधि नियन्त्रणका लागि विगतमा भएका र अहिले कार्यान्वयनमा ल्याइएका नयाँ अभ्यासहरू प्रयोग गरिने छ,’ सिंहले भने, ‘चाडबाडमा सबै नागरिकलाई शान्ति-सुरक्षाको प्रत्याभूति दिलाउन सकिने गरी हामीले सुरक्षा योजना ल्याएका छौं।’

ललितपुर प्रहरीले कालोबजारी सिर्जना गर्न सक्ने व्यापारिक घरानामाथि पनि निगरानी बढाएको छ । लगनखेल, सातदोबाटो, मंगलबजार, सानेपा र बालकुमारी लगायतका ठाउँमा प्रहरीले निगरानी शुरु गरेको छ । चाडपर्वमा सुरक्षा घेरा बनाउने गरी विशेष सुरक्षा योजना लागू गरिएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै