Comments Add Comment

Advertisment

SKIP THIS

नेपालमा सुटिङ भएको ‘उचाइ’ को पोस्टर सार्वजनिक

३ आश्विन , काठमाडौं । नेपालमा ६० प्रतिशतभन्दा बढी छायाँकन भएको हिन्दी फिल्म ‘उचाइ’ को पोस्टर सार्वजनिक गरिएको छ ।

राजश्री प्रोडक्सनको ६० औँ प्रस्तुति रहेको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीको मुख्य भूमिका रहेको छ । सार्वजनिक पोस्टरमा तीनै जना हिमालमुनि देख्न सकिन्छ ।

नेपालमा धेरै प्रतिशत सुटिङ भए पनि अमिताभ बच्चन भने आएका थिएनन् । उनको भूमिकामा डमी कलाकारलाई खेलाइएको थियो । फिल्मको निर्देशक सुरज बड्जात्या हुन् ।

फिल्ममा धेरै नेपाली कलाकारले पनि अभिनय गरेका छन् । नेपालको नाम्चेदेखि मुस्ताङसम्म सुटिङ गरिएको थियो । सिनेमाले मित्रताको कथा भन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै