३ असोज , काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्द सूची बोकेर निर्वाचन आयोग पुगेका छन् ।
एमालेका तर्फबाट एमाले निर्वाचन आयोग विभागका उपप्रमुख नीरज आचार्यसहितको टोली समानुपातिक तर्फको बन्द सूची बुझाउन आयोग पुगेक छन् ।
आचार्यले एमालेले बनाएको मापदण्ड अनुसार समानुपातिकको बन्दसूची पेश गरेको भन्दै भने, ‘समानुपातिक सूचीमा पुराना कोही नेता पनि पर्नुभएको छैन । सबै नयाँ रहनुभएको छ । एमालेले यसअघि जितेका सिट कायम मात्रै राख्ने होइन बढाउँछ । एमालेले कसैसँग गठबन्धन पनि गर्दैन ।’




