Comments Add Comment

Advertisment

SKIP THIS

बैतडीमा घर भत्किँदा १५ वर्षीया बालिकाको मृत्यु

४ आश्विन , काठमाडौं । घर भत्किँदा च्यापिएर बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका– १ लेककी १५ वर्षीया पूजा लुहार रहेकी बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

माटोको छानो भएको घर एक्कासि सोमबार राति दुई बजेतिर भत्किँदा सुतिरहेकी पूजाको च्यापिएर मृत्यु भएको बताइएको छ । वर्षाका कारण कमजोर भएको छानो राति भत्किँएको थियो । प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । टोली पुगेपछि थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पूजा स्थानीय डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै