Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरको सिडियो र एसपी सार्वजनिक स्थानअनुगमनमा : आजबाट माक्स नलाउनेलाई कडा कारबाही

५ माघ , काठमाडौ । जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमण फेरी बढ्दै गएपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ र जरीवाना सहित आजदेखि माइकिङ सुरु गरिएको भक्तपुर प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले न्युज24ग्यालेसीलाई जानकारी दिइन् ।

जिल्ला प्रशासन भक्तपुरले मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई आजदेखि १०० रुपैयाँ जरिवाना गराउन थालिएको छ । जिल्ला प्रशासन कार्यालयको टोलीले भक्तपुरको सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरुलाई जनही १०० रुपैयाँका दरले जरिवााना तिराएको हो ।

विना मास्क व्यवसाय गर्ने र हिडडुल गर्ने सर्वसाधारण अनविार्य मास्कको प्रयोग गर्न निर्देशन दिदै अब विना मास्क हिडडुल गरेको पपाईएमा कानुन बमोजिम कार्वाही हुने समेत सचेत गराएको छ । सो क्रममा विना मास्क व्यवसाय गर्ने साना व्यवसायि र सार्वजनिक स्थलमा हिडिडुल गर्ने सर्वसाधारणहरुलाई मास्क समेत तिरण गरेको थियो । 

जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख रुद्रादेवी शर्मा,महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिव श्रेष्ठले भक्तपुरको प्रमुख प्रवेशद्वार साँगाको अवलोकन गर्नुका साथै विश्वब्यापी रुपमा फैलि रहेको कोरोना भाईरस संक्रमणको जोखिमलाई समेत ध्यानमा राखी सचेतना अभिवृद्धि स्वरुप उक्त नाकाबाट सवारी साधन र पैदल मार्फत आवत जावत गर्ने तथा प्रहरीको काम कार्वाहीलाई प्रभावकारी वनाउने र मास्कको अनिवार्य प्रयोगलाई कडाइ गर्न निर्देशन समेत दिएकी छन् ।

नेपालमा कोरोना महामारीको तेस्रो लहर फैलिन शुरु भएसँगै संक्रमणको जोखिमलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको सहकार्यमा महानगरीय प्रहरी परिसर भक्तपुरले कोरोना भाईरस रोकथाम तथा सुरक्षित बनाउनको लागि जनचेतनामूलक अभियान थालेको जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख रुद्रादेवी शर्माले बताएकी छन् ।

“ जिल्ला प्रशासनको चाहना, स्वस्थ र सकुशल यात्राको कामना” भन्ने मूल नाराका साथ उक्त अभियान थालनी गरिएको बताउँदै जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख रुद्रादेवी शर्माले विश्वमा नै माहामारीको रूपमा फैलिरहेको कोभिड १९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन यस जनचेतनामूलक अभियान आजदेखि शुरूवात गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment