Comments Add Comment

Advertisment

SKIP THIS

समर्थकहरूलाई पूर्वप्रधानमन्त्री हसिनाको आग्रह – सार्वजनिक रूपमा उपस्थित हुनू

३० साउन , काठमाडौ ।  अपदस्थ बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकहरूलाई सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी छन् ।

आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन उनले राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी हुन् । ‘म तपाईंहरूलाई अगस्ट १५ मा राष्ट्रिय शोक दिवसलाई उचित सम्मान र गम्भीरताका साथ मनाउन अपिल गर्दछु,’ उनले लिखित विज्ञप्तिमा भनेकी छन् ।

आरक्षणलाई लिएर भएको आन्दोलन चर्किएपछि उनी प्रधानमन्त्रीबाट राजीनामा दिँदै देश छाडेर भागेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment