Comments Add Comment

Advertisment

SKIP THIS

राजु श्रीवास्तवको भर्चुअल पोस्टमार्टम

६ असोज , काठमाडौँ । ४२ दिनसम्म अस्पतालको भेन्टिलेटरमा रहेका कमेडियन तथा अभिनेता राजु श्रीवास्तवको बुधबार बिहान निधन भयो। उनको स्वास्थ्य लाभको कामना गरिरहेकाहरू उनको निधनसँगै दुःखी बनेका छन्। उनको अहिले अन्तिम संस्कारको तयारी चलिरहेको छ।

यही बीचमा नयाँदिल्लीको एम्स अस्पतालले उनको भर्चुअल प्रविधिमार्फत पोस्टमार्टम गरेको छ। एम्स फरेन्सिक विभागका प्रमुख डा. सुधीर गुप्ताले भर्चुअल अटोप्सीको प्रयोगमार्फत उनको पोस्टमार्टम गरिएको बताए। ‘यो नयाँ प्रविधि भर्चुअल अटोप्सी हाइटेक डिजिटल एक्सरे हो र यो सिटीस्क्यानको सहयोगले गरिन्छ। पुरानो पोस्टमार्टम शैलीको तुलनामा यसमा निकै कम समय लाग्छ’, उनले भनेका छन्।

उनले राजुको पोस्टमार्टम गर्नुपर्ने कारण पनि खुलाएका छन्। ‘सुरुवातमा जब उनलाई एम्समा ल्याइयो, उनी होसमा थिएनन्। परिवारले हामीलाई जिममा दौडिरहँदा लडेको बताएका थिए। जसकारण हामी स्पष्ट हुन सकेनौं। त्यहीकारण हामीले पोस्टमार्टम गर्ने निर्णय लिएका हौं’,उनले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै