Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा एकै दिन २ हजार ८४० जना सवारी चालक कारबाहीमा

७ असोज , काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ८४० जना सवारी चालकलाई कारबाही गरेको छ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १४२, लेन अनुशासन पालना नगर्ने ८६ जना, रेड लाइटमा सवारी साधन चलाउने ६६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १७५ र नम्बर प्लेट राम्रोसँग नराख्ने ३६ जना सवारी चालक रहेका छन्।

यस्तै २ हजार ३३५ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै