Comments Add Comment

Advertisment

SKIP THIS

शताब्दी पुरुष जोशीको उपचारमा कुनै कमी हुन दिँदैनौँ : पर्यटनमन्त्री श्रेष्ठ

७ असोज , काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारमा कुनै कमी हुन नदिने बताएका छन्।

शुक्रबार जोशीलाई उनकै निवासमा भेट्दै मन्त्री श्रेष्ठले जोशीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको र उपचार आवश्यक रहेकाले उपचारमा कुनै कमी हुन नदिने बताएका हुन्।

भेटका क्रममा जोशीले स्वास्थ्य लाभका लागि स्वास्थ्य कर्मी आवश्यक रहेको र स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए। त्यस्तै जोशीले चित्रकारलाई बनाउन भनेको चक्रसंवरका लागि पनि बजेट अभाव भएको बताएपछि बागमती प्रदेशले आवश्यक बजेट विनियोजन गर्ने जानकारी गराएका थिए।

आफ्नो ’अन्तिम इच्छा’ भन्दै लोक साहित्य परिषदमा पौभाः चित्र राख्न जोशीले चित्रकारलाई आग्रह गरेपछि चक्रसंवर कोर्ने काम जारी छ । त्यस्तै शुक्रबार नै काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले जोशीसँग भेट गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् । सो क्रममा शाहले लोक साहित्य परिषद्को अवलोकन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै