Comments Add Comment

Advertisment

SKIP THIS

पत्रकार दबू ललितपुरको अध्यक्षमा मञ्जु बज्राचार्य

८ असोज , काठमाडौँ । नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको अध्यक्षमा मञ्जु बज्राचार्य निर्वाचित भएकी छन् । २०५४ सालदेखि सञ्चारको श्रव्य विधामा सक्रिय रहेकी बज्राचार्य शनिबार सम्पन्न शाखाको तेस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

कार्यसमितिको उपाध्यक्षद्वय लक्ष्मीकुमारी श्रेष्ठ, सुनिता बाटाजु, सचिवमा पूर्णिमा शाक्य, सहसचिवमा कुसुम शाक्य र कोषाध्यक्षमा कल्पना महर्जन रहेका छन् । त्यस्तै कार्यसमितिमा बाबुकाजी महर्जन ‘जल्मी’ पवित्रकुमार महर्जन लगायत रहनुभएको छ । कार्यसमितिमा निर्वतमान अध्यक्ष सागर महर्जन पनि रहनेछन् । त्यसैगरी केन्द्रीय सभासद्‍मा सागर महर्जन, विश्वन्तर शाक्य,सुविनकुमार श्रेष्ठ, विकास माली र अनुप महर्जन चयन भएका छन् । निर्वाचितहरुलाई निर्वाचन अधिकृत एवं पत्रकार राष्ट्रिय दबूका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलालले प्रमाणपत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै