Comments Add Comment

Advertisment

SKIP THIS

लागूऔषध नियन्त्रण ब्युरोले चरेसहित ९ जना पक्राउ

५ असोज ,काठमाडौ । लागूऔषध नियन्त्रण ब्युरोले ७ किलो ६२४ ग्राम चरेसहित मानिस पक्राउ गरेको हो ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले लागूऔषध चरेससहित सो लुकाउन प्रयोग गरिने सामान तथा औजार बनाउने कारखानामा छापा मारेको छ । त्यसक्रममा ३ किलो ५७९ ग्राम लागूऔषध चरेसहित प्याकिङका लागि प्रयोग हुने विभिन्न औजार ब्युरोले बरामद गरेको हो ।

ब्यूरोले गत भदौ २१ गते कतार एयरवेजबाट दोहा जानका लागेका म्याग्दी मंगला गाउँपालिकाका श्यामप्रसाद रोका, सोही ठाउँका वीरबहादुर रोकाको साथबाट ४ किलो ३५ ग्राम अवैध चरेससहित पक्राउ गरेको थियो ।

म्याग्दी घर भएका श्याम प्रसाद रोका (३६ वर्ष) र वीर बहादुर रोका मगर (३५ वर्ष)लाई ब्युरोको टोलीले भदौ २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनीहरू कतार एयरवेजको विमानमार्फत दोहा जान लागेका थिए । श्याम प्रसाद र वीर बहादुरको साथबाट प्रहरीले ४ किलो ३५ ग्राम लागु औषध ‘चरेस’ बरामद गरेको छ । उनीहरूलाई चरेस पठाउने समूहबारे अनुसन्धान गर्दै जाँदा थप ७ जना पक्राउ परेका हुन् ।

विमानस्थलबाट पक्राउ परेकाहरूको बयानका आधारमा म्याग्दीका दिल बहादुर रोका (४४ वर्ष), धादिङ घर भएका अनिल बहादुर घले (३३ वर्ष), जित बहादुर तामाङ उर्फ याङ्की (२८ वर्ष) र ३६ वर्षका माइला भन्ने कृष्ण बहादुर तामाङ पक्राउ परे ।

कतार पठाउन भनी चरेस दिने व्यक्ति थिए उर्पा तामाङ ‘सेसे’ । सेसेको बयानका आधारमा नुवाकोटको विदुर नगरपालिका–९ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङलाई भदौ ३० मा ब्युरोले पक्राउ गरेको छ । प्रहरीले सो समूहबाट ७ किलो ६ सय ग्रामभन्दा बढी चरेस बरामद गरेको छ ।
डायरी र हेन्डीक्राफ्टमा लुकाएर ‘कारोबार’

टोखा नगरपालिका–३ स्थित कपनमा रहेको उर्पा तामाङ उर्फ सेसेको डेरा छ । त्यहाँ उनले चरेशलाई नोटबुक र हेन्डीक्राफ्ट भित्र चरेस लुकाउने कारखाना नै सञ्चालन गरेको भेटिएको छ ।

नेपाली कागजबाट बनेका डायरी र ऊनबाट बनाइएका विभिन्न रङका हेण्डिक्राफ्टमा कार्बन पेपरले छोपेर विदेश पठाउन चरेस तयार गर्ने गरिएको ब्युरोको अनुसन्धानबाट थाहा भएको छ । सो समूहले विदेश जानेहरूलाई ति डायरी र हेण्डीक्राफ्ट सहितको सुटकेस दिएर ‘मेरो मान्छेलाई दिनु’ भनेर पठाउने गरेका थिए ।

‘विदेश जानेहरूलाई सो सामान चरेस भन्ने थाहा दिँदैनथे’ एसएसपी हृदय थापा भन्छन्–‘कपडा र डायरी छ भनेर पठाउँथे र सम्बन्धित मुलुकमा पुगेपछि रिसिभ गर्ने मान्छे तयार गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।’

सो समूहले भारतीय नागरिकसँग मिलेर कलकत्ता हुँदै पानि जहाजबाट थाइल्याण्ड लगायतका देशमा चरेस पठाउने गरेका थिए । भरियालाई जहाजको टिकट र होटलबास खर्च दिएर उनीहरूले प्रयोग गरेको एसएसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै