Comments Add Comment

Advertisment

SKIP THIS

शान्ति सुरक्षा कायम गर्ने कार्यमा कानुनसम्मत कठोर बन्दै उत्कृष्ट काम गर्न आईजीपी सिंहको निर्देशन

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण भ्रमण एवं निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी महानिरीक्षक सिंहले आइतबार जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका कार्यालयमा  कार्यरत प्रहरी प्रमुखहरुलाई शान्तिसुरक्षा,मानव अधिकारमा संम्वेदनशिल रहन, आर्थिक पारदर्शिता कायम राख्न र आसन्न निर्वाचनमा परिचालनका लागी आवश्यक तयारी गर्न निर्देशन दिएका हुन् ।                                                                         

जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा भएको कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले धन्यवाद एवं बागमती प्रदेश कार्यालय मातहतले ३ महिनामा सम्पादन गरेका क्रियाकलाप प्रस्तुत गरेका थिए ।                                                                               

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले आईजीपी सिंहलाई मायाको चिनो प्रदान गरेका थिए । उक्त कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक सहित मकवानपुर जिल्ला प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक प्रमुखहरु समेतको उपस्थिती रहेको थियो ।                                                                                     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै