Comments Add Comment

Advertisment

SKIP THIS

१९ स्थानमा यात्रु सहायता कक्ष संचालन

१२ असोज , काठमाडौँ । सिप्रदियन सहायता संस्थाले महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी र यातायात व्यवस्था विभागको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै काठमाडौं उपत्यका र पोखरासहित १९ प्रमुख स्थानहरुमा यात्रु सहायता कक्षको व्यवस्था गरेको छ ।

दसैँ मनाउन उपत्यका छोड्ने यात्रुहरूको सङ्ख्य उल्लेख्य रुपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौँमा बल्खु,नयाँ बसपार्क, स्वयम्भू, चावहिल, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष शुरु गरिएको छ। यस्तै उपत्यका बाहिर बनेपा, धुलिखेल र काभ्रे भन्ज्याङ र पोखराका दुई स्थानमा पनि यात्रु सहायता कक्ष शुरु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै