काठमाडौं – प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीको टोलिले काठमाडौंको बाफलबाट लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ । अवैध लागुऔषध डाइजेपाम ९०० एम्पुल, नुर्फिन ९०० एम्पुल , फेनारगन ९०० एम्पुल गरेर जम्मा २७०० एम्पुल लागु औषध र दुईवटा मोबाइल सेट सहित दुई जनालाई प्रहरीले पक्राउ गरिएको प्रहरी वृत्त कालिमाटीका डिएसपी अनिलकुमार घिमिरेले बताए । 
पक्राउ पर्नेमा बारा जिल्ला कलैया नगरपालीका वडा नं. १ घर भई हाल काठमाडौंक्ल बल्खु बस्ने बर्ष २२ को रामेश्वर साह र बारा जिल्ला बारागढी नगरपालीका वडा नं. ०३ घर भई हाल काठमाडौं जिल्ला बल्खु बस्ने बर्ष २२ को राज कुमार साह रहेका छन
काठमाडौंको बाफल स्थित सडक खण्डमा केही मानिसहरुले प्रतिबन्धित लागुऔषध बिक्री बितरण तथा ओसार पसार गरिरहेको छन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट प्रहरी अधिकृत सहितको टोली खटेर निगरानी गरेरै उनिहरूलाई पक्राउ गरेको कालिमाटीका डिएसपी घिमिरेले बताउनु भयो ।

पक्राउ परेका रामेश्वर साह र राज कुमार साह उपर लागुऔषध नियन्त्रण ऐन, २०३३ को कसूर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी स्वीकृत गराई प्रहरी बृत्त कालिमाटीबाट थप अनुसन्धान भई रहेको डिएसपी घिमिरेले बताए ।


