Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीको मृत्यु प्रकरण : दुई क्रुर हत्यापछिको आक्रोशले निम्तिएको अर्को घटना

७ चैत , काठमाडौ । फागुन महिना लागेपछि मात्रै मोरङको लेटाङ र सुन्दरहरैचा नगरपालिकामा तीनवटा जघन्य र क्रुर अपराध भयो । गत फागुन ११ गते लेटाङमा एक बालिकाको बलात्कारपछि हत्या भयो । त्यसको १६ दिनमा फेरि सुन्दरहरैचा नगरपालिकामा १८ महिनाकी शिशुको अपहरण गरी बलात्कार र हत्या गरियो । त्यसको १० दिनमै फेरि लेटाङमै बर्दीमा रहेकी एक महिला प्रहरीमाथि धारिलो हतियार प्रहार गरी हत्या भयो त्यो पनि कर्तव्य पालनाकै क्रममा ।

यी तीनवटै घटना मोरङको दुई नगरपालिकामा एक महिनाभित्र भएका जघन्य अपराधका घटना हुन् । यी सबै अपराधहरु अमानवीय, अक्षम्य र क्रुर घटना हुन् । दुई घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याइसकेको छ भने आइतबार यौन दुव्र्यवहारको आरोप लागेका शिक्षकलाई पक्राउ गर्न गएको प्रहरीमाथि नै आक्रमण हुँदा एक महिला प्रहरीले ज्यान गुमाएकी छिन् ।

बलात्कार र हत्या जघन्य अपराध त हो नै, तर यस्ता अपराधमा संलग्नलाई फासीकै माग राख्दै समाज नै उग्र बन्दा आइतबार कर्तव्य पालनाकै क्रममा रहेकी एक महिला प्रहरीले ज्यान गुमाउन पुगून्, त्यो पनि बर्दीमै रहेको बेला ।

सुन्दर हरैंचाको घटना र लेटाङ ज्यामिरेकी बालिकाको घटनाबारे जानकार रहेका लेटाङबासीको धैर्यता आइतबार भने एकाएक आक्रोशमा परिणत भयो । आफ्नै क्षेत्रमा पटकपटक बलात्कारको प्रयास, बलात्कार र हत्या भएपछि लेटाङबासी आक्रोशित थिए । पटकपटक घटना दोहोरिएपछि उनीहरु भीडभाडै आरोपीलाई ‘सजाय’ गर्ने भन्दै नाराबाजी गरिरहेका थिए भने आक्रोशले सीमा नाघेको थियो । ‘त्यहाँ जनप्रतिनिधि जाँदा होस् या शिक्षक वा स्थानीय अगुवा, जो कोही कुटिएका छन् । आरोपीलाई भीडले नै सजाय गर्न पाउनुपर्छ भन्ने स्थानीयको माग थियो, तर कानूनी राज्यमा त्यो सम्भव थिएन । त्यसकारण आइतबार त्यहाँ धेरैले कुटाई खाएका छन्, घाइते भएका छन्’ लेटाङ नगरपालिकका मेयर शंकर राईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै