Comments Add Comment

Advertisment

SKIP THIS

‘बाबरी’ हेरेपछि जसिताले गरिन् धीरजको प्रशंसा

१४ असोज , काठमाडौँ । अभिनेत्री जसिता गुरुङले अभिनेता धीरज मगर भर्सटायल कलाकार भएको बताएकी छन् । बिहिबार साँझ बिग मुभिज कमलपोखरी आयोजित फिल्म ‘बाबरी’को प्रिमियरमा फिल्म हेरेपछि उनले शो प्रतिक्रिया दिएकी हुन् ।

‘धीरजको फिल्म अभिनय एकदमै राम्रो लाग्यो’ उनले भनिन् ‘फिल्मको सानो राजा साहेब जस्तै प्रेम गर्ने मानिस मेरो जीवनमा पनि आइदिए हुन्थ्यो जस्तो लागेको छ ।’ धीरजले फिल्ममा सानो राजा साहेब नाम प्रेमीको भुमिका निर्वाह गरेका छन् ।

जसिता फिल्ममा अभिनय नभएपनि प्रिमियरमा सहभागी हुन पुगेकी हुन् । उनको अलवा अभिनेत्री बेनिशा हमाल, शिल्पा मास्के, निर्देशक शोभित बस्नेत, ज्ञानेन्द्र देउजा लगायत समेत प्रिमियरमा सहभागी थिए । प्रिमिएरमा सहभागी सबैले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए ।

प्रेमकथामा बनेको फिल्म ‘बाबरी’ आज शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको छ । फिल्ममा धीरज मगर, धीरज नाडकर, अदिति बुढाथोकी, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दिलिप गुरुङ लगायतको अभिनय छ ।

फिल्म गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै