Comments Add Comment

Advertisment

SKIP THIS

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक सभामुखद्वारा प्रमाणीकरण

१२ असोज , काठमाडौ । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएका बजेट आश्रित दुईवटा विधेयक प्रमाणित गरेका छन् ।

आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ सापकोटाले मंगलबार प्रमाणीकरण गरेका छन् ।

सभामुखले प्रमाणीकरण गरेका ती विधेयक राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रमाणीकरणका लागि पठाइने संसद सचिवालयले जनाएको छ । राष्ट्रपतिबाट प्रमाणित भएपछि ती विधेयकले ऐनको रुप लिने छन् र कार्यान्वयनमा आउनेछन् ।

तत्कालीन ओली सरकारले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेट संशोधन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । यसअघि विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएर कार्यान्वयनमा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै