Comments Add Comment

मुगुमा पहिरोले पुरिएर ९ जना बेपत्ता , डेढ सय परिवार विस्थापित

२४ असोज , काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिकामा पहिरोले पुरिएर ९ जना बेपत्ता भएका छन्।

लगातार चार दिनदेखिको वर्षाले सालिम गाउँ भन्दा माथिबाट पहिरो खसेपछि छायाँनाथ रारा नगरपालिका ८ झ्यारी गाउँका १० घर पूणर्रुपमा क्षति हुँदा ९ जना बेपत्ता हाे ।

पहिराेका कारण डेढ सय परिवार विस्थापित भएकाे र विस्थापितलाई प्रभात माध्यमिक विद्यालय रोवामा राखिएको नगरपालिका-११ की वडाअध्यक्ष कुञ्जुमा कुमाइले जानकारी दिइन् । नगरपालिकाकै वडा नम्बर ७ टोप्ला गाउँमा पहिरोले घर भत्किँदा २५ भेडासहित लाखौँको धनमाल नष्ट भएको छ।

गमगढी बजारस्थित कालिका मालिका मन्दिर नजिक करिव २० घर पहिरोको उच्च जोखिममा छन्। सञ्चारविहीन हुँदा अन्य क्षेत्रको क्षतिको विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै