Comments Add Comment

Advertisment

SKIP THIS

UK को लाहुरे हुँ भन्दै महिलामार्फत् लाखौँ उछिट्याउने राई महाशाखाको फन्दामा

१२ असोज , काठमाडौ । महानगरीय प्रहरी अपराध महाशाखाले ‘युकेको लाहुरे हुँ’ भन्दै सामाजिक सञ्जालमार्फत् ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भोजपुर जिल्ला साल्पासिलिछो गाउपालिका-४ लिम्खिया घर भइ हाल काठमाडौँ बूढानीलकण्ठ(१० बस्ने ३१ बर्षीय केदार राई रहेका छन्।

महाशाखाका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाका अनुसार ठगी कार्यमा संलग्न उनले फेसबुकमार्फत् युकेको नागरिक हुँ भन्दै महिलालाई ठगी गरेका थिए ।

पक्राउ परेका राईले केडी गोर्खाली नामको नक्कली आइडीबाट महिला साथीलाई ‘म यूकेको लाहुरे हुँ, हाल युकेमा छु, तिमीलाई माया गर्छु, तिमीलाई युकेमा लैजान्छु, मेरो श्रीमतीको सवारी दुर्घटनामा परी मृत्यु भएको हो, छोराछोरी लण्डलमा होस्टल राखेको छु, नेपालमा आमा हुनुहुन्छ भन्दै झुट बोलेको अनुसन्धानको क्रममा खुल्न आएको महाशाखाका एसपी कोइरालाले जानकारी दिए ।

पीडित महिलाका अनुसार उनले कुराकानीकै क्रममा गत भदौं ६ गते फोन गर्दै आमा बिरामी परेर अस्पतालमा उपचारत भएकोले रकम आवश्यक परेको र दाई लिन आउनु हुन्छ भनेका थिए। उनको विश्वासमा परेर महिलाले नगद एक लाख ६० हजार ५००, सुनको औठी-सिक्री समेत दिएको र त्यसपछि उनी सम्पर्कविहीन भएका थिए।

पक्राउ परेका राईलाई ठगी कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी बृत बौद्धमा पठाइएको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै